सेयर
काठमाडौं ।
धादिङमा मिनिट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । निलकण्ठ नगरपालिका-८ मा ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । दुर्घटनामा १५ जना घाइते छन् । तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको मिनिट्रक दुर्घटनामा परेको हो । मिनी ट्रकमा निलकण्ठ नगरपालिका-२ भुलभुलेका बासिन्दा चढेका थिए ।
shere this