काठमाडौं ।
तत्कालिन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदका लागि अग्नी सापकोटाको उम्मेद्वारी परेको छ । रिक्त पदका लागि यहि माघ १२ गते हुन लागेको चुनावका लागि सत्तारुढ नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सापकोटाको उम्मेद्वारीका लागि पूर्वसभामुख समेत रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेतक देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थन रहेको छ । प्रमुख प्रतिपक्षी दलले यसअघि उम्मेद्वारी दिने चर्चा चलेपनि अन्तिम समयमा सापकोटाको मात्रै उम्मेद्वारी परेको हो । अब सापकोटा सभामुख बन्ने पक्का भएको छ ।
उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय तोकिएको थियो ।
तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए ।