काठमाडौं ।
धादिङमा भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । नीलकण्ठ नगरपालिका ९ मैदी भञ्ज्याङमा ग १ ख ८०१२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा अरु ७ जना गंभिर घाईते भएका छन् ।
निलकण्ठ नगरपालिका २ का वडा अध्यक्ष ध्वजबहादुर गुरुङका अनुसार मृत्यु हुनेहरुमा निलकण्ठ २ भुलभुलेका बिदुर गुरुङ, ध्वज बहादुर गुरुङ, तिलक बहादुर गुरुङ, पुर्णमान श्रेष्ठ, प्रेम बहादुर गुरुङ, बेल बहादुर गुरुङ र सेते गुरुङ छन् । ७ जना गम्भीर घाईते सहित ३० जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको मिनिट्रक दुर्घटनामा परेको हो । मिनी ट्रकमा निलकण्ठ नगरपालिका-२ भुलभुलेका बासिन्दा चढेका थिए । गम्भीर ७ जना घाइतेलाई हेलिक्प्टरबाट थप उपचारको लागि काठमाडौ लगिएको छ ।