सेयर
काठमाडौं : माघ ९, राष्ट्रियसभा निर्वाचन अन्तरगत गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश १२१८ मतान्तरले विजयी भएका छन् । श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १२१८ मतान्तरले पराजित गरेका हुन् । सत्तारुढ नेकपा उम्मेदवार श्रेष्ठले ३ हजार ४ सय ६२ मत प्राप्त गरे भने कांग्रेस उम्मेदवार रेग्मीले २ हजार २ सय ४४ मत प्राप्त गरे । त्यस्तै महिलामा गण्डकी प्रदेशबाट नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन् ।
shere this