सेयर
काठमाडौं ।
पोर्चुगलमा थप तीन जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै पोर्चुगलमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ । संक्रमितमध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ । अन्य १४ जनालाई घरमै आइसोलेसनमा राखिएको छ ।
पोर्चुगलभरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३५ पुगेको छ । हालसम्म १५ हजार ४ सय ७२ जना संक्रमित भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ ।
पोर्चुगलमा २ सय ३३ जना अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।
shere this








































