सेयर
चिनियाँ नौसेनाले चिनियाँ नौसेनाका तीन प्रकारका युद्धपोतहरू – छाङचङ १८, ताल्यान जहाज र हाइनान जहाज सामूहिक रूपमा हाइनानको सैन्य बन्दरगाहलाई हस्तान्तरण गरेको छ। चीनको कम्युनिष्ट पार्टीका महासचिव केन्द्रीय सैन्य आयोगका अध्यक्ष, चीनका राष्ट्राध्यक्ष सी चिनफिङ उक्त हस्तान्तरण समारोहमा उपस्थित हुनुभएको छ।

हस्तान्तरण समारोहको क्रममा महासचिव सी चिन फिङले चिनियाँ नौसैना अनुसन्धान तथा उत्पादन कर्मचारीहरू र नौसेनाका अधिकारी तथा सिपाहीहरूसँग भेट-वार्ता पनि गर्नुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले २५ तारिख बिहान क्वाङसी प्रान्तको क्वैलिन छ्वानचौ जिल्लाको छाइवाङ गाउँ क्षेत्रमा अवस्थित लालसेनाको लडमार्च स्याङच्याङ युद्ध स्मारक पार्कको अवलोकन गर्नुभएको छ।
यसै गरी महासचिव सीले छाइवाङ ग्रामिन क्षेत्र अन्तर्गत माउचुशान गाउँ क्षेत्रको पनि निरीक्षण भ्रमण गर्नुभएको छ।
यसैगरी, महासचिव सीले २५ तारिख दिउँसो लिच्याङ नदीको याङशु क्षेत्रमा रहेको लिच्याङ नदी घाटीको बृहत्तर व्यवस्थापन र पारिस्थितिक संरक्षणको अवस्थाबारे पनि निरीक्षण गर्नुभएको छ।
shere this