काठमाडौँ, १० असार ।
पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ ।
आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३÷७४ को प्रथम आठ महिनासम्ममा यो सङ्ख्या बढेर १२० पुगेको छ ।
तारास्तर बाहेकका पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७२÷७३ सम्म ९६० भएकोमा आव. २०७३÷७४ को प्रथम आठ महिनासम्ममा ९८५ पुगेको छ ।
यस्तै तारास्तरका होटलको श्याको सङ्ख्या पनि क्रमशः वृद्धि भएको छ । आव २०७२÷७३ मा नौ हजार ७१० भएकोमा आव २०७३÷७४ को प्रथम आठ महिनामा चार प्रतिशतले बढेर १० हजार ७१ श्याया पुगेको छ ।
ताराबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७३÷७४ को प्रथम आठ महिनासम्ममा २८ हजार १७१ पुगेको छ । त्यसैगरी अघिल्लो वर्षको तुलनामा क्यासिनो सञ्चालनको सङ्ख्या पनि बढेको छ ।
आव २०७२÷७३ मा तीन क्यासिनो सञ्चालन भएकोमा आव २०७३÷७४ को प्रथम आठ महिनामा दुई वटा थप भई हाल पाँचवटा सञ्चालनमा रहेका छन् । त्यस्तै तीन वटा मिनी क्यासिनो र एक अनलाइन ग्यामिङ सञ्चालनमा रहेको जनाएको छ । रासस