सेयर
रामपुर (पाल्पा), ११ साउन ।
पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।
वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
एक हप्ता अघिदेखि जिल्लाका विभिन्न अस्पतालमा दैनिकजसो ३० देखि ४० जना जति भाइरल ज्वरोका बिरामी आउने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । भाइरल रोगबाट प्रभावित विशेष गरी पाँच वर्षमुनिका बालबालिका बढी देखा परेको उहाँले बताउनुभयो ।
shere this