सुजन प्रेमी
नुवाकोट १४ माघ
नुवाकोटमा पुनसंरचना हुदा लिखु गाउपालिका हटाईएको बिरोधमा गरिएको बन्द यथावत हुदाहुदै आज बेलकोटगढी नगरपालिका यथावत हुनुपर्ने माग गर्दै स्थानिय वासिन्दाहरुले अनिश्चतकालिन नुवाकोट बन्द गराएका छन् । बन्दको कारण बिहानैदेखी देवीघाट गल्छी सडक खण्ड, पासाङ ल्हामु मार्गमा यातयातका साधन चल्न सकेका छैनन् । यता लिखु गाँउपालिका पुर्नस्थापनाका माग गर्दै जारी रहेको बन्द आज (शुक्रबार) १३औ दिन पनि कायमै छ । बन्दकर्ताहरुले टोखा–छहरे सडक खण्ड समेत अवरुद्ध गराएका छन् । स्थानीय तहको विभाजनमा असन्तुष्ट भएका नागरिकहरुबाट नुवाकोट र रसुवालाई बाहिर जिल्लासंग जोड्ने तीनवटै नाका ठप्प गरिएको छ । आफ्नो माग पुरा नभएसम्म र नुवाकोट बाट सिफारिस भएर गएको जस्तो पुनसंरचना नभएसम्म आन्दोलन जारीराख्ने स्थानिय वासिन्दाहरुले बताएका छन् ।
सरखार??? लिखु गाउपालिका र बेलकोटगढी नगरपालिका खोई???
सेयर
shere this