सेयर
भक्तपुर : असोज ४, ट्याङ्कर चालकले बुधबारदेखि आन्दोलनमा उत्रिएपछि भक्तपुरका पेट्रोल पम्पमा सवारी साधनको घण्टौँसम्म लाइन देखिएको छ । चालकले आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोल पम्प बन्द भएका छन् । साथै केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौँ लाइन बस्नुपरेको छ ।
आज बिहानैदेखि खुलेका अधिकांश पेट्रोलपम्पमा सवारी साधन लाइन बसे पनि अपराह्नपछि भने यहाँका अधिकांश पेट्रोलपम्प बन्द भएका छन् । ट्याङ्कर चालक आन्दोलनमा उत्रिएपछि राजधानी सहित देशै भरि पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ ।
shere this




















































