नुवाकोट १६ माघ
चौथो नुवाकोट महोत्सवलाई ध्यानमा राख्दै अनिश्चितकालिन नुवाकोट बन्द स्थगित गरिएको छ । स्थानीय तह पुनरसंरचना को बिषयलाई लिएर लिखु गाउपालिका र बेलकोटगढी नगरपालिका बचाउ सङ्घर्ष समितीले गरेको बन्द प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पोख्रेल र स्थानिय विकास अधिकारी केशर बहादुर पण्डित लगाएतको आग्रहमा खोलिएको लिखु गाउपालिका र बेलकोटगढी नगरपालिका बचाउ सङ्घर्ष समितीले जनाएको छ । लिखु नगरपालिका वचाउसमितिले विगत १३ दिन देखि र बेलकोटगढि नगरपालिका बचाउ सङ्घर्ष समितिले पनि शुक्रबार देखि बन्द गर्दै आएका थिए । महोत्सवलाई असर पर्ने भएकाले बन्द फिर्ता लिईएको र लिखु गाउपालिका बचाउ सङ्घर्ष समितीका संयोजक धर्म अधिकारीले जानकारि दिनुभयो । यातयात चल्न दिएपनी प्रशासन मा भने बिरोधका कार्यक्रम गरिने बेलकोटगढी नगरपालिका बचाउ सङ्घर्ष समितीका संयोजक गोकुल प्रशाद दाहालले जानकारी दिनुभएको छ । बन्दका कारण चौथो नुवाकोट महोत्सवमा आउने अतिथी तथा दर्शकहरु सिमा नाकामै रोकिनुपरेको थियो भने जनजिवन समेत कस्टकर बन्दै गएको थियो ।