सुजन प्रेमी
नुवाकोट १६ माघ
स्थानीय तह पुनरसंरचना को बिषयलाई लिएर लिखु गाउपालिका र बेलकोटगढी नगरपालिका बचाउ सङ्घर्ष समितीले गरेको नुवाकोट बन्दका कारण जनजिवन कस्टकर हुदै गएको छ । लिखु गाउपालिका वचाउसमितिले विगत १३ दिन देखि र बेलकोटगढि नगरपालिका बचाउ सङ्घर्ष समितिले पनि शुक्रबार देखि सडकमा उत्रिएर सुरु गरेको अनिश्चितकालीन वन्द ले सम्पुर्ण नुवाकोट बासि र अंशिक रुपमा रसुवा वासि को जनजिवन पनि अस्तव्यस्त वनेको छ । बन्दका कारण नुवाकोट भित्रने बुख्य तिन नाका ठप्प हुदा माघ १४ गतेवाट सुरु भएको नुवाकोट महोत्सव लाई समेत ठुलो असर परेको छ । सिमाङ्कन को बिषयलाई लिएर चर्किएको विवादले गर्दा स्थानीयवासि आक्रोषित भएका हुन् । बेलकोटगढि नगरपालिका लाई टुक्राएर सिमाङ्कन हेरफेर गर्दै कोल्पु गाउँपालिका बनाएर स्थानीय तह कायम गरेकाले स्थानीयवासिहरु सडकमा उत्रन बाध्य भएका जिलिङ्गबाट सौगात नेपालले जानकारी दिनुभयो । पुरानै सिमाङ्कन कायम गर्ने प्रतिबद्धता सरोकारवाला पक्षबाट नभएसम्म अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिईएको छ ।
बन्दका कारण नुवाकोट तनावग्रस्त
सेयर
shere this