सेयर
दाङ: असोज ६, तुलसीपुरमा १३ बर्षीया छोरी बलात्कार गरेको आरोपमा एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा बाबुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
बालिकाको स्वास्थ्य रिपोर्टले आफ्नो बाबुले बलात्कार गरेको खुलेको प्रहरीले जनाए । बालिकाको योनीमा घाउ भएको थियो । अहिले बाबुको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
shere this