इस्लामाबाद: असोज ६, भारत र पाकिस्तानबीचको शान्ति वार्तालाई लिएर भारतीय जवाफले पाकिस्तानी प्रधानमन्त्री इमरान खान क्रोधित बनेका छन । उनले केही साता पहिलो मात्रैं लिखित रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर शान्ति वार्ताको आह्वान गरेका थिए । जवाफमा भारतले यो वार्ता तत्काल हुन नसक्ने जवाफ फर्काएपछि खानले आज एक ट्विट गर्दै भारतीय प्रधानमन्त्री मोदीलाई लक्षित गरेर एकदमैं निच मानसिकता भएको भनेर ब्याख्या गरेका छन । उनले पाकिस्तानले भारतको अर्थतन्त्रको ठूलो हिस्साभन्दा धेरै सैन्य शक्तिमा खर्च गरेका कारण विश्वलाई तह लगाउन शक्ति आफुमा रहेको गौण तरिकाले भनेका छन् । उनले भारतको यस्तै घमण्ड रहे कुनैपनि बेला उक्त खतरनाक अस्त्रले मार हान्न सक्ने भन्दै धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् ।
पाकिस्तानसँग भएको खतरनाक अस्त्र । जसले आधा विश्वसम्म मार हान्न सक्ने दावी गरिएको छ । इमरान खानले टिप्पणी गरे, “ शान्तिको बहालीको लागि शान्ति वार्ता सुरू गर्ने मेरो पहलमाथि भारतको घमण्डी र नकारात्मक जवाफले म अत्यन्त निराश छु। तथापि, मैले मेरो सम्पूर्ण जीवन यस्तो सानो मान्छेसँग भेटेको छु जुन ठूलो कार्यालयहरुमा उच्च कार्यालयहरुमा बसिरहेका छन्, तर अगाडि हेर्नुको लागि उनीहरुमा विवेकपूर्ण सोचको कमी छ।” पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका थिए । उनले पत्रमा शान्ति वार्ताको पुनर्स्थापना गर्न संयुक्त राष्ट्र महासभाको बैठकमा दुवैं देशका विदेशमन्त्रीहरु बसेर छलफल गर्न सक्ने वातावरण निर्माण गर्न भारतलाई आग्रह गरेका थिए । यस प्रस्तावको जवाफमा, भारतले उत्साहजनक प्रतिक्रिया दिएन ।
भारतले पाकिस्तानले एकातिर वार्ता र अर्को तिर हिंसा दुवैं कुराहरुलाई एकसाथ लैजान खोजेको हुनाले वर्तमान अवस्थामा वार्ता नहुने जनाउँदैं आएको छ । भारत र पाकिस्तान दुवै शान्ति चाहन्छन्, र यसको लागि म विदेश मन्त्रीहरूको वार्ताको प्रस्ताव गर्दछु ।” उनको यो आशयको पत्रलाई भारतले ठाडैं अस्विकार गरेको छ । आजको दिनमा भारत र पाकिस्तानबीचको अस्तित्वको लडाँईमा भारत भन्दा पाकिस्तान बलियो देखिएको छ । सन् २०१५ पछि कुनैपनि सम्वाद चलेको छैन । दुबै देशहरुले कुनैपनि बेला लडाई लड्न सक्ने भन्दै हवाला दिइरहेका छन् । यस्तो अवस्थामा पाकिस्तानलाई चीनको समर्थन छ भने अहिले अरबी राष्ट्रहरुलेपनि साथ दिएका छन् । चीन र रुस एकठाँउमा रहेका बेला रुसको समर्थनपनि पाकिस्तानलाई नै जानेछ ।
चीन र रुससँग उत्तर कोरियापनि एक साथ छ । अहिलेको विश्वका खतरनाक देश भनेकै चीन, रुस, उत्तर कोरिया, अमेरिकाहरु हुन् । भारतलाई केबल अमेरिकाको साथ देखिन्छ । तर अमेरिका आफ्नो स्वार्थका लागि कुनैपनि बेला कित्ता परिवर्तन गर्न तयार हुने देश हो । यसैले पाकिस्तानकै कित्तामा कुनैपनि बेला अमेरिका समेत नआउला भन्न सकिन्न । यो समयसम्म पाकिस्तान आर्थिक रुपमापनि संबृद्ध बन्न सक्छ । पाकिस्तानले ठूलो धनराशी खर्च गरेर विश्वकै शक्तिशाली देशको रुपमा आफुलाई सैन्य शक्तिमा उभ्याएको छ । यो अवस्थामा पाकिस्तानले भारतलाई आक्रमण गरे जुनसुकैबेलापनि भारतले ठूलो क्षतिको सामना गर्नुपर्ने देखिन्छ । पाकिस्तानका प्रधानमन्त्रीको यो सार्वजनिक टिप्पणीपनि मार हान्ने पूर्व तयारी स्वरुपको छ । पाकिस्तान कुनैपनि बेला जाईलाग्न सक्न भनेर भारतीय सञ्चारमाध्यमले समाचार लेखेका छन् । त्यही समाचार हामीले यहाँ प्रस्तुत गरेका छौ ।









































