सेयर
काठमाडौं: असोज १०, संयुक्त राष्ट्रको महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सभामा उल्टो आईडी कार्ड भिरेर नेपालकै बेज्जत गरेका छन् । जबकी अमेरिमा आईडी कार्डको निकै महत्व मानिन्छ । अमेरिकामा समान्य पसलमा बिभरेज किन्दादेखि जहाँ गयो त्यही आईडी चाहिन्छ तर प्रधानमन्त्रीले नै उल्टो आईडी भिरेर नेपाललाई ओलीले अन्तर्राष्ट्रिय मञ्चमा लज्जित बनाएका छन् ।
यसरी अमेरिकामा विशेष महत्वका साथ हेरिने आईडी प्रधानमन्त्री ओलीले उल्टो लगाए पछि सामाजिक सञ्जालमा उनलाई मजाकको पात्र बनाईएको छ । यूनको सभामा पुगेको उनको सचीबालयको जम्बो टोलीले यश बिषयमा ध्यान नदिएर अगाडी पछाडी के गर्दै छन् रु धेरैले प्रश्न गरेका छन् । ओलीले उल्टो आईडी भिरेको देखेर अरु देशका सहभागीहरु ओलीलाई हेरेका हेरेई भएका थिए ।
shere this









































