
रसुवाली कबि
बिरोध
रुखबाट खसिरहेको पात
धमिलो बगिरहेको बर्खे भेल
बासुरीको लयबद्द धुन
डाँफे ;मुनाल ; कोइली
भोक ; शान्ति ; युद्ध
बिरोध जेको पनि गर्न सकिन्छ
बिरोध जसरी पनि गर्न सकिन्छ
बिश्वयुद्ध लडेको लाहुरे
किन भट्टी मात्र धाउछ ?
जनयुद्धबाट फर्केको नेता
किन जग्गा दलाल मात्र भयो ?
बिश्व साइकल यात्री
किन होटेलमा भाडा माझ्न विवस भए ?
सपनाहरूको क्यानभासमा
किन बिरक्ती मात्र पोख्छ चित्रकार
बिरोध यस्तो पनि गर्न सकिन्छ
बिरोध जस्तो पनि गर्न सकिन्छ
श्राद्द गरेको घर फर्केको पुरेत जजमानको बिरोध गर्छ
उधारो पाएन भने ग्राहक साहुको बिरोध गर्छ
बलात्कार उद्योगी पनि बलतकारको बिरोध गर्छ
घुस खान पाएन भने नासु शाखा अधिकृतको बिरोध गर्छ
लेखक प्रकाशकको बिरोध गर्छ
बिरोध जस्को पनि गर्न सकिन्छ
योजनाबद्द गरिने बिरोध त राजनीति हो
यसको पनि हुन्छ समाजशास्त्र
यसको पनि हुन्छ मानवशास्त्र
सत्ता किन कहिले पनि बिरोध गर्दैन
मानव तस्कर गर्ने मेनपावरहरुको
अन्तर्राष्ट्रिय गुप्तचर चलखेलहरुको
दलालहरुको नयाँ नयाँ गिरोहहरुको
हेर्दै केटी बेच्ला जस्तो मिडिया मालिकहरुको
निजी स्कुल ;अस्पताल ;निर्माण कम्पनी
सेयर दलाल ; रक्सी कम्पनी
सत्ता केहीको पनि बिरोध गर्दैनन
बिद्रोहको झण्डा बोकेर बिद्रोहीहरुले
सधैं सधैं लडिरहेका छ्न
नाफा मात्र बेच्ने बजार सत्ता विरुद्ध
सत्ताको तिखा तिखा नङ्ग्रा विरुद्ध
सुकुम्बासी बस्तीको बाटो मात्र हिडने
डोजरका विरुद्ध
लडिरहेका छ्न योद्धाहरु
मजदुरको बथान बोकेर
खुनी उद्योगका विरुद्ध
सपनाहरूको हत्या विरुद्ध
आत्म समर्पण विरुद्ध ;गद्द्दारी विरुद्ध
योजनाबद्ध बिरोध त
क्रान्ति पनि हो









































