काठमाडौं । मोहन बैद्य नेतृत्वको माओवादीका नेता सिपि गजुरेलले प्रधानमन्त्रिलाई सुस्ता र कालापानी नेपालको हो कि होइन ? प्रश्न गरेको छन ।
राजधानिमा आयोजित विरोधसभामा बोल्दै नेता गजुरेलले सो प्रश्न गरेको हुन ।
माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाको आयोजनामा कालो मार्चपास गरिएको थियो । जनताको ढाड सेक्ने गरी करवृद्धि गरिएको, बलात्कार, हत्या, कालाबजारी, बढ्दो महंगी नियन्त्रण गर्न नसकेको, गैरन्यायिक सडक विस्तार, राष्ट्रघाति नागरिकता विधेयक लगायतका विरुद्ध ‘कालो मार्चपास’ गरेको हो ।
शान्तिबाटिकाबाट सुरु भएको मार्चपास बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सुन्धरा, न्यूरोड, इन्द्रचोक, असन हुँदै पुनः शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो । कालो टि–सर्ट, कालो झण्डा र व्यानरसहित प्रदर्शन गरिएको मार्चपासमा लिम्पियाधुरा–कालापानी क्षेत्र हाम्रै हो, राष्ट्रघाती नागरिकता विधेयकलगायत जनविरोधी र राष्ट्रविरोधी सबै ऐन कानुनहरु खारेज गर, महंगी र कालोबजारी नियन्त्रण गर, गैरन्यायिक सडक विस्तार बन्द गर, बेरोजगार युवाहरुलाई रोजगारी दे, नभए भत्ता दे, बलात्कारीहरुलाई कडा कारबाही गर, निर्मला पन्तलाई न्याय दे, भारतीय विस्तारवाद मुर्दावाद, वृद्धि गरिएको कर खारेज गर लगाएका सरकारविरोधी नारा लगाइएको थियो ।
शान्तिबाटिकादेखि भृकुटीमण्डप पुगेर कोणसभामा परिणत भएको थियो । मोर्चाका अध्यक्ष गजुरेलले वर्तमान सरकार हत्या हिंसाका घटनाको चाङमाथि सुतिरहेको र पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय मापदण्डलाई लत्याएको आरोप लगाए ।