सेयर
काठमाडौं: असोज , नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क समाज केन्द्रीय समितिले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाएको छ ।
राजधानीको फुटपाथका व्यापारीलाई उचित व्यवस्थापन गर्न माग गर्दै सम्पर्क समाजका केन्द्रीय अध्यक्ष रत्न मगरको नेतृत्वमा सो संगठनका बरिष्ठ उपाध्यक्ष शुरेश अधिकारी, उपाध्यक्ष उद्धब पौडेल, केन्द्रीय सदस्य बद्री यादब, राचन्द्र भण्डारी र विक्रम थापालगायतको टोलीले मेयर शाक्यलाई ज्ञापनपत्र बुझाएको हो।
मञ्चले फुटपाथ व्यापारीको व्यवस्थापनसँगै सडको फोहोरको व्यवस्थापन, सडक विस्तार द्रुत गतिमा अगाडि बढाउन र काठमाडौंलाई धुलो धुँवा मुक्त बनाउन माग समेत गरेको छ।
shere this