मैदानमा आइपुगेको तामाङ बिद्रोहीको अपिल

म काटछु
जरुर काटछु
म भोटको डाँडो होइन
तिम्रो टाउको काटछु
इतिहासका पाना पाना च्यातेर
अब म माग्छु तिमिसग
हाम्रो पुर्खाको रगतले बनेको
आदिवासी भुमिको सक्कली पहिचान
नभए थुतेर पनि लिन्छु
हेक्का राखेस
ओ आँखा नभएको महाराज
ओ पृथ्वीनारायण शाह
ओ जङगबहादुर
ओइ महेन्द्र शाह
आइज लडु आइज
भोटेको रगत उम्लेपछी
कस्तो हुन्छ हेर्न आइज
म आइसकेको छु मैदानमा
ए सुन
प्रचण्ड ;बाबुराम ; गोपाल किराँती
कुमार लिङदेन ;हितबहादुर तामाङ
तिमिहरुसग पनि छ मेरो हिसाब मिलाप गर्नुपर्ने
म मैदानमा आएको छु
मैले त लडनुपर्ने रहेछ
आफ्नै जस्ता लाग्ने पराइ विरुद्ध
घटिया थेप्चा नाकका विरुद्ध
गुलियो बिशादीका विरुद्ध
म दुई सय बर्षपछी बहुलाएको बिशे नगर्ची हुदै होइन
म त बहुलाएको होइन
मेरो त दिमागमा पलाएको हो बिद्रोह
बौलाहाले क्रान्ति होइन विध्वंस गर्छ
बौलाहासग हुँदैन लडाइँको खाका
म त क्रान्ति गर्न चाहन्छु क्रान्ति
म मैदान आएको छु मैदानमा
क्रान्ति त मैदानमै हुन्छ होइन र कमरेड
ल्हासो फ्याफुल्ला
रसुवाली कवि








































