कोलम्बो – श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल एकाएक सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ । योसँगै सत्ता समीकरणमा पनि बदलाव आएको छ ।
शुक्रबार श्रीलङ्काका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले भने, ‘राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए)ले गठबन्धन छोड्ने निर्णय भएको छ ।
समाचार अनुसार रनिल विक्रमसिंगेको ठाउँमा सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्रीको सपथ खुवाएका छन्।
रोचक त के छ भने २०१५ को चुनावमा सिरिसेनाले राजापाक्षेलाई राष्ट्रपति चु्नावमा हराएका थिए ।
भारत समर्थित सिरिसेनाको दलले चीनिया समर्थनका नेता राजापाक्षलाइ पराजित गरि सत्ता लिएको थियो । अब सेनाले कस्तो भुमिका खेल्छ भन्ने सन्सारको ध्यान सेना तिर गएको छ । बदलिएको सत्ता समीकरण चीन बिना चल्दैन भन्ने तथ्यको रुपमा लिएको छ ।