सेयर
काठमाडौं, ३ मंसिर । अखिल क्रान्तिकारीले आज काठमाडौंको शान्तिबाटिका लगाएत देशैभर विद्यार्थी प्रदर्शन गरेको छ ।
मंसिर ८ गते हुन गइरहेको विशाल प्रदर्शन तथा जनसभालाई प्रचारात्मक सहयोग र जानकारी दिने उद्देश्यले प्रदर्शन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।
नेकपाले मंसिर ८ गते वर्तमान सरकारले स्वाधीनता कमजोर पारेको, मंहगी र भ्रष्टाचार व्याप्त बनाएको, हत्या, हिंसा, बलात्कारका श्रृंखला रोक्न असफल भएको तथा शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउँदै आइरहेको अवस्थामा पनि संविधानले दिएको अधिकार मिचेर दमन र गिफ्तार अनि झुठा मुद्दा लगाएर फासीवादी हर्कत जारी राखेको विरोधमा विरोध प्रदर्श र जनसभा गर्दैछ ।
८ गतेको जनसभामा सहभागी भएर दलाल सरकारको विरोध र भण्डफोर गर्न सम्पूर्ण विद्यार्थी र अभिभावकसँग अध्यक्ष चिरञ्जीवी ढकालले अपिल गरे । 
shere this









































