सेयर

देवराज कँडेल
प्राकृतिक रुपमा निर्वस्त्र मान्छे
सभ्यताको खोल ओढ्दै
विभिन्न पहिरनहरुमा सजिन पुग्छ
र पनि उ नाङ्गो देखिन्छ आफुमा ।
वैचारीक, सामाजिक र आर्थिक रुपले
जव मान्छेको उचाई खस्कन पुग्छ
अनि अरुले देख्छन् उ नाङ्गीयो
तर प्रसङ्ग फरक छ यहिंनेर
र सवै नाङ्गै छन् आफैमा ।
अर्कोको नङ्गाइमा मख्ख देखिने मान्छे
आफ्नो नग्नता छोप्न,
आफ्नो लाज पचाउन र
आफ्नो आवरण कायम राख्न
खोज्दा खोज्दै पनी
फेरी नाङ्गो छ मान्छे आफैमा ।
छोपिनुमा आनन्द लिन्छ मान्छे
किनकी आवरण खुलेपछी
उसका सुन्दरत पनि सकिन्छ
र पनि सुन्दरताकै लागी
नाङ्गीदैछन् मान्छे आफैमा
सवै नाङ्गै देखिन्छन् आफुमा
फेरी मान्छे नाङ्गीदैछ आफैमा ।।
2076/6/06
shere this









































