काठमाडौँ ,उपचारको क्रममा पटकपटक लापरबाही गदै्र मान्छे मार्ने चावहिलको ओम अस्पताल बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । सर्वसाधारण जनतालाई अत्यन्तै महंगो शुल्क लिएर उपचार गराउने ओम अस्पतालले महिनामा एकजना मानिसलाई यसरी नै अकालमा मारिरहेको छ । हालैमात्र धादिङकी एक महिलाको पत्थरीको उपचारका क्रममा ज्यान गएको हो ।
यो त एउटा उदाहरणमात्र हो, उपचारमा हेलचेक्रयाँई गरेर निधन भएपछि पीडितलाई ठूलो रकम दिएर मिलाउने प्रचलन छ । अस्पतालले मानिसको जिवनलाई पैसासँग साटेको छ । यो अस्पतालमा महंगो शुल्कसमेत तिर्नुपरेको छ । सरकारी निकायले यसबारे चासो देखाएको छैन ।
मन्त्रालय र सरोकारवाला निकाय पनि सेटिङमा चल्ने गरेका छन् । लापरवाही गर्ने अस्पताललाई कुनै कारवाही नगरेका कारण अस्पतालले दैनिकजसो मानिसको जिवनमा खेलवाड गर्दै आएका छन् ।
यो अस्पतामा रवी लामिछानेका ससुरा उद्धब पौडेल सहित अरु धेरैको लगानी रहेको छ । अरुले सानो गल्ती गरेपनी खेदो खन्ने लामिछाने आफ्नो ससुराको अस्पतालले महिनैपिच्छे मान्छे मार्दा पनि चूँ समेत बोलेका छैनन् ।