सेयर
काठमाण्डौ ,पूर्वराज्यमन्त्री नविन विश्वकर्मा ‘हितमान’लाई प्रहरीले पक्राउ गरेको छ । उनी विप्लव नेतृत्वको नेकपाको उपत्यका ब्युरो ईन्चार्ज रहेका थिए । विश्वकर्मालाई सोमबार प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।
यसअघि हेमन्त प्रकाश ओली पक्राउ परेपछि माइला लामा उपत्याका ईन्चार्ज थिए । लामाको गिरफ्तारीपछि विश्वकर्माले इन्चार्जको जिम्मेवारी पाएका थिए । विश्वकर्मासँगै नेकपाका अर्का कार्यकर्ता भिम बटाला पनि पक्राउ परेका छन् । उनीहरुलाई हाल टेकु प्रहरी परिसरको सेफ हाउसमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
shere this









































