सेयर
मेरो प्रिया
यो बजारमा देखाउन
के छ तिमिसग
बहुराष्ट्रिय कम्पनीको पफ्युर्म
वान पिसको बबाल आइटम
सेल्फी फोन
हिल जुत्ता
कालो गगल्स
हिन्दी पप सङ र डान्स
वातैपिच्छे अङ्ग्रेजी भाषा
ओठै जस्तो लिपिस्टिक
अरु के जाती किरिम
यस्तो केही छैन प्रिया हामीसग
हातभरी गोबर गनाउछ
पहाड जस्तो तिम्रो शिरमाथी लालीगुरास कस्तो सुहाउँछ
तिम्रो त्यो कुर्ता सुरुवालको रङ्ग बोकेर
यो धर्ती मुस्कुराउछ
चन्चल खोला जस्तो तिम्रो बानी देखेर
नदी वग्न पनि लजाउछ
तिम्रो ओठहरुमा लिपिस्टिक छैन
आँखा वा टाउकोमा छैन गगल्स
हिमाल झै मुस्कान बोकेर
तिमी कुदेकै छौ जिन्दगीको राजमार्गमा
अलिकति दु:ख छ
अलिकति वेदना छ
अलिकति आक्रोश छ
प्रेम माया सद्भाव सबै छ
यसो भनौ
जिन्दगीको खास परिभाषा छ तिमिसग
उनीहरू सोधिरहेछ्न
नयाँ युगमा नयाँ के छ तिमिसग
तिमीहरुसग जे छैन
त्यो सबै छ हामीसग
shere this









































