सेयर
काठमाडौं : माघ २, बालुवाटारस्थित विवादित ललिता निवासको जग्गामा शंकास्पद वस्तु भेटिएको छ । बुधबार राती विवादित जग्गामा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । बुधबारै प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको थियो भने सो जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएको थियो । सो जग्गा हिनामिना प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पौडेल पनि मुछिएका थिए । शंकाष्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो ।
shere this