सेयर
काठमाडौं : माघ १४, विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्न गएका एक जना प्रहरी आफ्नै बन्दुक पड्किँदा घाइते भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय, ढोडरीमा कार्यरत् प्रहरी नेकपाका कार्यकर्ताबारे सूचना पाएपछि मधुवन नगरपालिका ४, मौवामा पुगेको थियो ।
तर, त्यहाँ भुलवश प्रहरीले बोकेको हतियार पड्किँदा एक जना घाइते छन् । घाइते हुने प्रहरीको परिचय खुलाइएको छैन । प्रहरीको दाहिने खुट्टामा गोली लागेको प्रारम्भिक जानकारी आएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए । प्रहरीको टोलीले प्रतिबन्धित नेकपाका दुई जनालाई पक्राउ गरेको छ भने दुई घेरा तोडेर भागेका छन् ।
shere this