काठमाडौं : माघ १७, संसारका विभिन्न विकरित देशमा गाँजालाई खुल्ला गर्न नेपालमा पनि खुल्ला गर्नुपपर्ने माग बढेसँगै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ । संघीय संसदमा गाँजा फुकुवा गर्न सांसदहरुले संकल्प प्रस्ताव अघि बढाएको चर्चा चल्यो । माघ ६ गते सांसदहरुले गाँजामा लगाएको प्रतिवन्ध हटाउनुपर्ने माग गर्दै सत्तारुढ नेकपाका ४५ जना सांसदहरुले संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
यदाकदा गाँजालाई खुला गर्नुपर्ने आवाज आइरहे पनि लामो समयदेखि यसले राजनीतिमा प्रवेश पाएको थिएन । गाँजाको प्रतिबन्ध हटाउनुपर्ने पहिलो आवाज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले संसदमा नै उठाएका थिए । तर, जडिबुटी विशेषज्ञ भने अन्य विकल्प खोज्नुपर्ने बताउँछन् । गाँजा फुकुवा भएमा नेपाल अन्तर्राष्ट्रिय ड्रग्स माफियाको क्रीडास्थल बन्न सक्ने उनीहरुको तर्क छ । यता, सत्तारुढ दल कै सांसदको प्रस्तावमाथि सरकारले भने असन्तुष्टी जनाएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यो सरकारको प्रस्ताव नै सांसदको भएकाले यसमा सरकारलाई जोड्न नमिल्ने तर्क गरे । यद्यपी, कानून बनेर आएको खण्डमा लागु सकिने बाँस्कोटाको भनाइ छ ।