सेयर
काठमाडौ : माघ २२, विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एक दिवशीय सिरिजको आफ्नो पहिलो खेलमा घरेलु टोली नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने खेल विहान ९ ३० बजे सुरु हुनेछ । ६ एकदिवशीय र एक लिस्ट ए मा प्रतिस्पर्धा गरेको नेपालले तीनमा जीत र चारमा हार बेहोरेको थियो । टि ट्वान्टी विश्वकपमा स्थान बनाएको ओमान विरुद्ध नेपालले सन २०१३ यता जीत विहिन छ । त्यसैले नेपाल ओमान विरुद्ध उत्रदा सात वर्ष पछि जीत हात पार्ने लक्ष्यमा हुनेछ ।
लिग टु मा ६ खेल खेलेको ओमान चार अंकका साथ तालिकाको चौथो स्थानमा छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल संग पारस खड्काले ओपनिङ गर्ने बताइएको छ । ओमान संग पछिल्लो पटक २०१८ मा विश्व क्रिकेट लिग डिभिजन टु मा भएको भेटमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
shere this








































