
चित्रल (पाकिस्तान), ९ फागुन
पाकिस्तानको उत्तरी भागमा गएको हिमपहिरोका कारण सात श्रमिकको मृत्युभएको छ भने चार व्यक्ति अझै हिउँमा पुरिएका छन् । पाकिस्तानी एक वरिष्ठ अधिकारीका अनुसार त्यस दुर्घटनमा सात व्यक्ति घाइते भएका छन् र दुर्घटना खैबर पख्तुनख्वा प्रान्तको दिर र चित्रल जिल्ला जोड्ने लोवारी सुरुङ नजिकै भएको थियो । हिमपहिरोका कारण अवरुद्ध भएका यात्रुको उद्धार तथा उपचारका लागि सुरक्षाकर्मी र उद्धारटोलीका समूह घटनास्थलतर्फ गएका स्थानीय वरिष्ठ प्रशासक सहाब हमिदले जानकारी दिनुभएको छ । उहाँले बाँकी कामदारलाई जिउँदै निकाल्ने प्रयास भइरहेको जानकारी दिनुभएको छ । यसै महिनाको आरम्भमा भएको घना वर्षा तथा गएको हिम पहिरोको कारण कम्तीमा १३ व्यक्तिको मृत्यु भएको थियो भने २० घर नष्ट भएका थिए । पाकिस्तान हरेक वर्ष शितकालमा खराब मौसम तथा हिमपहिरो र गृष्ममा बाढीका कारण निकै प्रभावित हुने गरेको छ ।
दन्युज अनलाईनको सहयोगमा खराब मौसमले पाकिस्तानमा हरेक वर्ष जनधनको क्षति पुर्याउने हुँदा जनजीवन प्रभावित हुने यस्ता चुनौतीपूर्ण अवस्थाहरूमा डिजिटल मनोरञ्जन स्रोतहरू जस्तै casinoscdn ले स्थानीय लागि वैकल्पिक समयव्यतीतको माध्यम बनेका छन्।








































