सेयर
रसुवा । हिमाली जिल्ला रसुवामा २५ औ जनयुद्ध दिवस एक कार्यक्रम गरी मनाइएको छ ।
नेकपा रसुवा इन्चार्ज विमला सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिव इन्द्र गौतम जगतजंग प्रदेश सांसद शान्ती थिङ, जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्ट, ३ नं प्रदेश कमिटी सदस्य माधव लामीछाने समिर लगायतले जनयुद्ध दिवसको शुभकामना मन्तब्य दिएका थिए ।
टिका देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यमनाथ आचार्यको स्वागत मन्तव्य र अर्जुन देवकोटाको सहजीकरण रहेको थियो ।
उत्तरगया र कालिका गाउपालिका कमिटिको संयुक्त आयोजनामा रसुवाको कालिका हिमालय कलेजमा एक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाईएको हो ।
shere this