नुवाकोट ।
बेलकोटगढी नगरपालिका ६ मा कन्चना देउराली युबा क्लव गठन भएको छ । प्रताप तामाङ्गको अध्यक्षमा गठित क्लवको उपाध्यक्षमा पुस्कर लामा, सचिवमा मिनिता तामाङ्ग, कोषाध्यक्षमा प्रदिप नेपाल, सह-सचिवमा प्रसन्न थिङ रहेका छन् ।
यस्तै सदस्यहरुमा देवकी तामाङ्ग, हिरा बम्जन, पम्फा मगर, आशिष तामाङ्ग, सानुमाया तामाङ्ग, प्रकाश तामाङ्ग रहेका छन् ।
क्लव घोषणा कार्यक्रममा खेलाडी सम्मान तथा खेलाडी पोशाक वितरण समेत गरिएको छ । नुवाकोट खेलकुद महासंघका अध्यक्ष बुद्धिमान तामाङ्गको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि तामाङ्ग र वडाध्यक्ष अम्विका तामाङ्गले मालिका सितोरिया कराते डोजोलाई पोशाक बितरण गरेका थिए ।
कार्यक्रममा माघ २४ र २५ गते नेपाल घेदुङ प्रा बिमा भएको १४ बर्षमुनिको खेलकुदका विजयी खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।