काठमाडौं ।
संसद कर्मचारीमाथी करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्धामा आज फैसला हुँदैछ । हिजो भएको अन्तिम सुनुवाईपछि महराको मुद्धा हेर्दा हेर्दैमा राखिएको छ ।
न्यायधिस रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले महराको तर्फबाट बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतले हिजो समय अभाव भएको भन्दै मुद्धा हेर्दा हेर्दैमा राखेको हो । मुद्धाबारे आज फैसला हुने अदालत स्रोतले जनाएको छ ।
‘समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सम्भवतः सोमबार फैसला आउँछ,’ काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले भने ।
संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।