-अर्जुन नरसिंह केसी
आज नेपाललगायत सिंगो विश्व कोरोना भाईरसको महामारीबाट सन्त्रस्त भईरहेको अवस्थामा फाटफुट अपवादका घटनाबाहेक स्वदेश र विदेशमा रहेबसेका सारा नेपालीहरू हालसम्म यो संकटबाट मुक्त रहेको खबरले हामी सबैलाई खुशी तुल्याएको छ । तथापि आसन्न सम्भावित महामारीबारे अनेकौँ सूचनाबाट नेपाली दाजुभाई दिदीबहिनीहरू भयभीत छन् । यसअघिका राष्ट्रिय संकटमा जसरी भाईचारा, समग्र एकता र आपसी सहयोगका साथ एकजुट हुने नेपाली संस्कार छ तदनुरूप हामीले कोरोना भाईरसको विश्वब्यापी महामारी विरुद्ध राष्ट्रिय जीवन का हरेक पक्ष आग्रह ,पूर्वाग्रह र राजनीतिक विभाजन भन्दा माथि उठेर एकजुट हुनु परंकर्तव्य भएको छ।
यो महामारीबाट बच्न दिईएका निरोधात्मक उपचारका उपाय (Preventive Measures) लाई कुशलतापूर्वक अपनाउनु ,व्यापक जनचेतना को अभिवृद्धि र उच्च मनोबल तथा आत्मविश्वासनै महामारीबाट बच्ने एकमात्र अचुक उपाय हो । साथै भ्रम, अतिशयोक्ति, त्रास फैलाउने अनुत्तरदायी क्रियाकलापदेखि सावधान रहनु पनि स्वयंलाई सुरक्षित राख्ने उपाय हो ।
सरकार आफ्नो जिम्मेवारीमा मुलुक र जनताको लागि कार्यमूलक भूमिकाद्वारा प्रतिबद्धतापूर्वक जनतामा उपस्थित रहनु पर्दछ । सरकार का प्रयत्नहरू स्वागत योग्य छन,तर कार्यक्रममा ससक्तता र दृढता व्यवहारमा रूपान्तरण कोआबस्यकता छ। संकटबाट नाजायज फाईदा उठाउन खोज्ने समाजविरोधी अनेकौँ आपराधिक गतिविधिलाई कडाई र कुशलतापूर्वक तह लगाउन सरकार सक्षम होस्, हाम्रो पूर्ण सहयोग र समर्थन रहने छ । हामी घरमै सुरक्षित बस्नुपरेको अवधिलाई रचनात्मक कार्यमा लगाउन सकौँ । यो महामारीबाट सकुशल पार पाउन हामी सबैमा आत्मा अनुशासन,चेतना, दृदता ,आत्मविश्वास र उच्च मनोबल को आब्यसकता छ। यो मनोबल र सचेतना का लागि म सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाईहरूमा हार्दिक प्रार्थना गर्दछु ।