सेयर
भरियाको भारी बिसाउने चौतारा हुन पाउँ
विभेदमा परेका असहायको सहारा हुन पाउँ
पानीको खातिर छट्पटे मरुभूमिमा प्यासी
लाग्छ प्यास मेटाउने धर्मात्मी धारा हुन पाउँ
दबदबा र थिचोमिचोले मारिसके मानवता नै
मानवताको हितार्थ लोकप्रिय नारा हुन पाउँ
संसारकै खलनायक हिटलरप्रेमीले बुझ्नै पर्ने
ज्ञान दिने बुद्धको अनुयायीको प्यारा हुन पाउँ
प्रकृतिको अमुल्य उपहार पृथ्वीकै गहना यो
शिर चोमोलोङमो अनि काख रारा हुन पाउँ
shere this








































