काठमाडौं : पौष २७, आज पौष २७ गते नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती दिवश देशभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
तत्कालीन अवस्थामा अहिलेको सिंगो नेपाल स साना राज्यमा विभाजित थियो । पृथ्वीनारायण शाह गोरखाका ९ औँ राजाका रुपमा सत्तामा आएसँगै उनले आफुले सत्ता ओहोरण गरेको एक बर्षपछि तत्कालीन नुवाकोटलाइ (अहिलेको नुवाकोट र रसुवा) गोरखा राज्यमा गाभेका थिए । त्यसपछि क्रमश तत्कालीन् सेन राज्य (अहिलेको मकवानपुर र सिन्धुली) कब्जा गरे । त्यस्तै सन् १७६८ मा काठमाडौं उपत्यका कब्जा गरे र देशको नाम नेपाल राखे । सन् १७७३ देखि ७४ सम्म विजयपुर र लिम्बुुवान राज्यलाई नेपालमा गाभे । त्यसपछि नेपालको मानचित्र पूर्व मेचीदेखि पश्चिम बुढी गण्डकीसम्म रहको थियो । सन् १९७५ जनावरी १ तारिखका दिन पृथ्वी नारायण शाहको मृत्यु भएको थियो । स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो ।
तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएको थियो । तर पनि ७४ सालदेखि पुनः मनाउन थालिएको हो । आज देशैभरि पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिँदै छ । विगतमा सरकारले पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा हाल सरकारले कटौती गरेको छ । तर केही प्रदेश र स्थानीय तहले भने आज सार्वजनिक बिदा समेत दिएका छन् ।