काठमाडौँ प्रतिबन्धितनेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले केन्द्रीय सदस्य शंकरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । कार्यवाहक अध्यक्ष दिनेशले बुधबार प्रेस विज्ञप्ति निकाली संगठनका केन्द्रीय सदस्य शंकरमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक विचलन देखिएको भन्दै पार्टी र संगठनलाई अस्वभाविक अभिव्यक्ति दिंदै आएको कारण संगठनको साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्काशन गरेका छन् ।
यसै सन्दर्भमा संगठनका केन्द्रीय सदस्य शंकरमा आर्थिक विचलन, सांस्कृतिक विचलन देखिएको, पार्टी र संगठनलाई अस्वभाविक अभिव्यक्ति दिंदै आएको कारणले आजैको मिति २०७६ पौष २३ गतेदेखि संगठनको साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्कासन गरिएको प्रेस विज्ञप्तिमार्फत संगठन आम युवा, जनसमुदायमा जानकारी गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ‘।
स्रोत इरातोखबरडटकम