सेयर
काठमाडौं ।
जनवादी गायक तथा सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माइला लामालाई सुनसरी कारागार चलान गरिएको छ । लामालाई हातहतियार खरखजानासम्बन्धि र संगठित अपराध सम्बन्धि मुद्धा लगाइएको छ ।
यसअघि एनसेल मुख्यालयमा भएको बमकाण्डमा दोषि ठहर्याएर ललितपुर नख्खु कारागारमा रहेका लामालाई उच्च अदालत पाटनले रिहाको आदेश दिएपनि उनलाई प्रहरीले फेरि पक्रेको हो । तत्कालिन उपत्यका ईन्चार्ज लामालाई जिल्ला अदालत ललितपुरको आदेश बदर गर्दै उच्चले रिहाको आदेश दिएको थियो । आईतबार रिहा भएका लामालाई अदालत परिसरबाटै पक्राउ गरि सुनसरी पुर्याईएको हो ।
सरकारले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर विभिन्न मुद्धामा नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
shere this








































