काठमाडौं ।
बलत्कार मुद्धामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाएसँगै निवर्तमान उपसभामुख डाक्टर शिवमाया तुम्बाहाफ्लेले भने कानुन मन्त्रीको जिम्मेवारी पाएकी छन् ।
संसद सचिवालयकी कर्मचारीमाथी करणी आरोप लागेपछि गत अशोज १४ गते पदबाट राजीनामा दिएका महरा पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थिए ।
काठमाडौं जिल्ला अदालतमा हिजो भएको अन्तिम बहसपछि आज अदालतले सफाई दिएको हो ।
महराको राजीनामा पछि उपसभामुखबाट राजीनामा दिनुपर्ने दबाब खेप्दै आएकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले आफु सभामुख हुनुपर्ने अडान राख्दै आएपनि अन्ततः पार्टीको निर्देशनअनुरुप पदबाट राजीनामा दिएकी थिईन ।
संसदमा एकै दलको सभामुख र उपसभामुख रहन नपाउने व्यवस्थाअनुसार तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको छ । उपसभामुख चयन भइसकेको छैन ।
तुम्बाहाम्फेलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनमन्त्रीमा नियुक्त गरेर सपथ खुवाएकी छन् ।
सभामुख महरालाई संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए भने सांसद पदबाट पनि निलम्बन भएका थिए। सफाइ पाएसँगै महराले अब संघीय संसदको अघिल्लो पङ्तिमा बस्न पाउनेछन्। महरा १ सय ३ दिनपछि जेलबाट छुटेका हुन् ।